Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनाडाको सीप तथा क्षमता विकाससम्बन्धी कार्याशाला

नाडाको सीप तथा क्षमता विकाससम्बन्धी कार्याशाला


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सिप तथा क्षमता विकाससम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । विद्युतीय सवारी साधनहरूको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघसमेतको सहयोगमा नाडाले दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको जनाएको छ । नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरूको सिप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले सिप तथा क्षमता विकास इकाई गठन गरेको थियो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा गठित छ सदस्यीय इकाईले उक्त गोष्ठी आयोजना गरेको हो । सुरुआती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारी आयात गर्ने नाडाका सदस्य कम्पनीहरूबाट जम्मा सात जना प्राविधिकहरू सहभागी भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले गोष्ठीमा मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिएको नाडाले जनाएको छ ।

उक्त गोष्ठीमा महासंघअन्तर्गत रहेको ईएलएमएसका टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको थियो । यस किसिमको वर्कसप गोष्ठीबाट नाडाले विद्युतीय सवारीको सम्बन्धमा आवश्यक सिप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ । त्यसै गरी नाडाले महासंघसँगको सहयोगमा प्राविधिक तालिम कार्यक्रमहरू गर्दै जाने लक्ष्यसमेत लिएको छ । यस्तै, नाडाले अटोमोबाइल वर्कसपमा कार्यरत मेकानिक्सहरूको सिप र क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासअन्तर्गत रहेको इन्सियोरसँग पनि छिट्टै सम्झौता पत्रमा हस्ताक्षर गर्र्ने तयारी गरिरहेको जनाएको छ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया