Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध२९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

२९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार


काठमाडौं । सरकारले फेरि २९ अर्ब ६६ करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत २९ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँबराबरको ऋण उठाउन लागेको हो । ट्रेजरी बिलमा सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज (सोमबार) अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रजरी बिल बिक्री गरिनेछ । कुल २९ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँका ट्रेजरी बिल बोलकबोल हुने भए पनि २४ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँबराबरको ट्रेजरी बिल पुरानो बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बाँकी पाँच अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल बिक्री गरी उठाउने छ । ट्रेजरी बिल असार १८ गते मंगलबारदेखि जारी हुनेछ । ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् ।

राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब, ९१ दिन अवधिको सात अर्ब ७५ करोड, एक सय ८२ दिन अवधिको पाँच अर्ब र तीन सय ६४ दिन अवधिको आठ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको हो । जसमध्ये एक सय ८२ दिन अवधिको पाँच अर्ब रुपैयाँको टे«जरी बिल नयाँ रहेको छ भने बाँकी सबै पुरानो नवीकरण हुनेछ ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी बिल २०८० साउन १६ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको २०८० असोज १६ गते, एक सय ८२ दिन अवधिको २०८० पुस १७ गते र तीन सय ६४ दिन अवधिको २०८१ असार १९ गते परिपक्व हुनेछ ।


क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया