माछापुच्छ्रे क्यापिटलको साधारणसभा
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लि.को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारामा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा क्यापिटलको मूल कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू र आ.व. २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित भएका छन् । सभामा अध्यक्ष न्यौपानेले कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएकोमा हाल सामूहिक लगानी कोषअन्तर्गत कोष व्यवस्थापक तथा डिपोजिटरीको लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक लगायतका थप सेवाका लागि प्रक्रिया सुरु गरेको पनि जानकारी दिए । कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया