एनआईसी एसिया क्यापिटलको ‘बुक क्लोज’
काठमाडौं । एनआईसी एसिया क्यापिटलको सेयरधनी दर्ता किताब बन्द हुने भएको छ । कम्पनीको यही कात्र्तिक १४ गते बसेको सञ्चालक समितिको एक सय ३२ औँ बैठकले सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो ।
आ.व. २०७९/०८० का लागि एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाहरू एनआईसी एसिया ग्रोथ फण्डले इकाइ धनीहरूलाई १० दशमलव ५० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम आठ करोड ७६ लाख ९६ हजार रुपैयाँ र एनआईसी एसिया ब्यालेन्स फण्डले इकाइ धनीहरूलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम सात करोड ५५ लाख मात्र नगद प्रतिफल वितरण गर्ने प्रयोजनका लागि इकाइ धनी दर्ता किताब मिति २०८० कार्तिक २२ गते एक दिनका लागि बन्द हुन लागेको कम्पनीको भनाइ छ । साथै, मिति २०८० कार्तिक २२ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेपाल स्टक एक्सचेन्ज लि.को प्रणालीमा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको समयावधिभित्र रीतपूर्वक नामसारी भई आएका इकाइ धनीहरूमात्र उक्त प्रतिफलको हकदार हुने कम्पनीले जानकारी दिएको छ ।
एनआईसी एसिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत तथा पाँचौं वर्ष अर्थात् आ.व. २०७९/८० का लागि घोषणा गरेको १० दशमलव ५० प्रतिशतसहित हालसम्म ७५ दशमलव ५० प्रतिशत नगद प्रतिफल वितरण गरी औसतमा १५ दशमलव १० प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ भने एनआईसी एसिया ब्यालेन्स फण्डले सञ्चालनमा आएको पहिलो वर्ष आठ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष अर्थात् आ.व. २०७९/८० का लागि घोषणा गरेको १० प्रतिशतसहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गरी औसतमा १५ दशमलव २५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रूपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गईरहेको एनआईसी एसिया क्यापिटल लि.ले हाल म्युचुअल फण्ड, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया