Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको सञ्चालक समितिको बुधबार सम्पन्न चार सय ७१ औँ बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल २०८० मंसिर २० देखि लागू हुने गरी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकमा आबद्ध रहेका थिए । चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि रहेका छन् ।

नव–नियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनको नेतृत्वमा आगामी दिनमा यस बैंकलाई थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु-याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

 


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया