Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको १७ औँ वार्षिक साधारणसभा

कृषि विकास बैंकको १७ औँ वार्षिक साधारणसभा


काठमाडौं । कृषि विकास बैंकको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बुधबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बृहत् कार्य सञ्जालद्वारा आफ्ना वस्तु÷सेवाहरूलाई देशका अतिदुर्गमदेखि सुगम ठाउँहरूमा दुई सय ८२ वटा शाखाहरूमार्फत आधुनिक बैकिङ सेवा पु¥याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंकको १७ औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीहरूले उठाएका जिज्ञासाका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू क्रमशः महेश आचार्य, डा राजेन्द्रप्रसाद मिश्र, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोद कुमार गुरागाईँ र श्रीमती रीता सुवेदीको उपस्थिति रहेको थियो भने साधारणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया