Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंक र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता

एभरेस्ट बैंक र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता


काठमाडौं । एभरेस्ट बैंक र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी भएको छ । बैंक तथा वित्तीय संस्थालाई एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेस्ट बैंकबीच समझदारी भएको हो ।

समझदारी पत्रमा एभरेस्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एभरेस्ट बैंकलाई वान प्वाइन्टले एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) उपलब्ध गराउनेछ ।

वान प्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्नेछ । बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेका आफ्ना एक सय २८ वटा शाखा सञ्जाल, तीन वटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ६४ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया