Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन नेपाल लाइफको वित्तीय साक्षरता

सन नेपाल लाइफको वित्तीय साक्षरता


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय साक्षरता प्रदान गरेको छ । कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यही चैत सात र आठ गते क्रमशः चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुर र मल्पी इन्टरनेसनल कलेज, चक्रपथ, काठमाडांैमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका अनुसार चैत सात गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई वित्तीय बजार, धितोपत्र बजारसम्बन्धी जानकारी गराउनुका साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू, इन्टरनेटलगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइयो । साथै, सहभागी विद्यार्थीहरूको वित्तीय बजार र धितोपत्र बजारसम्बन्धी सम्पूर्ण जिज्ञासाहरू स्पष्ट गरेको छ ।

कम्पनीका अनुसार २०८० चैत्र ८ गते मल्पी इन्टरनेसनल कलेज, चक्रपथ, काठमाडौंमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूलाई बीमा क्षेत्रसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्दि«त हाजिरी जवाफ प्रतियोगिता क्विक क्विज मेनिया ग्लोबल मनी विक २०२४ आयोजना गरियो । जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो, जसले मर्चेन्ट बैंकिङ व्यवसायअन्तर्गत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया