नेपाल सेवाको तेस्रो त्रैमासिक नाफा एक लाख ६२ हजार
काठमाडौँ जेठ २७
नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक लाख ६२ हजार पाँच सय ९० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १३ लाख छ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १० करोड २० लाख १९ हजार रूपैयाँ निक्षेप संकलन गरी ६२ करोड ८८ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक करोड ८६ लाख ९९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ४५ लाख ९७ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ करोड ६२ लाख ३६ हजार रूपैयाँ निक्षेप संकलन गरी ३६ करोड ८० लाख १४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७२ लाख ३२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५५ लाख ७८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया