Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगोर्खाज फाइनान्सका अध्यक्षको सपथ

गोर्खाज फाइनान्सका अध्यक्षको सपथ


काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष अध्यक्ष बुढाथोकीले सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशक पौडेलले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डेकिन्द्रकुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक बुढाथोकीलाई सर्वसम्मतरूपमा अध्यक्ष चयन गरेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले दिएका छन् ।

हाल २६ शाखा र एउटा एक्स्टेन्सन काउन्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्यूनीकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत घिमिरेले दिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया