Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान

ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान


काठमाडौं । ज्योति विकास बैंकले अग्निपीडित परिवारहरूलाई राहत सामग्रीहरू प्रदान गरेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित एक सय २० परिवारहरूको राहत तथा सहयोगार्थ बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा एक सय २० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको हो । मिति २०८१ वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरूको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो ।

राहत वितरण कार्यकममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका वडा नं ६ का वडाध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरू अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् । बैंकले देशैभरि रहेका मातहतका कार्यालयमार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको जनाएको छ । बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया