Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारक्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता

क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता


काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र एनआएमबी एस क्याप्टिल लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीका अनुसार प्रथम वार्षिक साधारणसभाबाट पारित भएबमोजिम सर्वसाधारणलाई छुट्टाइएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबी एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरिएको हो ।

सम्झौतापत्रमा क्रेस्ट माइक्रोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआएमबी एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया