Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता

एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता


काठमाडौं । एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तीय संस्थाको रूपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तीय सेवा र पुँजीबजारसम्बन्धी सेवा सहज र सरलरूपमा दिनका लागि सम्झौता गरेका हुन् ।

दुवै संस्थाबीच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखामार्फत एलिट क्यापिटलका सेवाहरू प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरूका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अन्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ । यसबाहेक लगानीकर्ताहरूलाई सेयर कारोबार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८)मार्फत कारोबार खाता एवम अनलाइन टीएमएस सेवा समेत उपलब्ध गराइने भएको छ ।

साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सीआरएन नम्बर उपलब्ध गराउनेछ भने सेयर लगानीकर्ताहरूलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलब्ध गराउनेछ । एलिट क्यापिटलले एक हजार नौ सय ९९ रुपैयामा एकपटक खोलेपछि आजीवन नवीकरण गर्नुनपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने नौ सय ९९ रुपैयामा १० वर्षसम्म नवीकरण गर्नुनपर्ने खाता खोल्ने भएको छ । यस्तै, रिलायन्स फाइनान्सका खातावालाहरूका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ । उपत्यका बाहिरका शाखाहरूमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकहरूबाट धेरै अनुरोध आएकाले सहजीकरण गर्न र दुवै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरिएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया