Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सद्वारा विद्यार्थीलाई स्टेसनरी वितरण

समृद्धि फाइनान्सद्वारा विद्यार्थीलाई स्टेसनरी वितरण


काठमाडौं । समृद्धि फाइनान्सले बनेपा शाखा र मधुवन शाखाबाट विपन्न वर्गका विद्यार्थीलाई स्टेसनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २० गते बिहीबार बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयका ४० जना र २४ गते सोमबारको दिन मधुवन शाखाबाट श्री जनता माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।

फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरूको सूचीमध्ये स्टेसनरी वितरण कार्यक्रमअन्तर्गत विपन्न वर्गका ७० विद्यार्थीलाई कापी र कलम वितरण गरेको हो । साथै, वैशाख महिनाभित्र आफ्ना औरही, गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेसनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया