Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच सम्झौता


काठमाडौं, साउन २२
मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । बैंकका अनुसार उक्त सम्झौताबमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकको करिब एक सय २७ वटा शाखाबाट सजिलै भुक्तानी
गर्न सकिनेछ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका हुुन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरूलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

हाल मुुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा एक सय ३८ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुुक, गुुड फर पेमेन्ट चेक अन्तर शाखा बैंकिङ कारोबार सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिनाशुल्क र कम झिक्न सकिने बैंकले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x