Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबिग मर्जरको लागि हिमालयन बैंकमा मर्जर कमिटी

बिग मर्जरको लागि हिमालयन बैंकमा मर्जर कमिटी


काठमाडौं, साउन २२
हिमालयन बैंकले बिग मर्जरको लागि मर्जर कमिटी गठन गरेको छ । हिमालयन बैंक स्रोतका अनुसार मंगलबार हिमालयन बैंक सञ्चालक समितिले बैंठक गरी मर्जर कमिटी गठन गरेको हो । बैठकले शुुनिलबहादुर थापा, आशिष शर्मा र विजयबहादुुर श्रेष्ठसहितको तीन सदस्यीय मर्जर कमिटी गठन गरेको हो । कमिटले उपयुुक्त वाणिज्य बैंकहरूलाई गाभ्ने तथा गाभिनेसम्बन्धी निर्णय गर्ने बैंक स्रोतले बताएको छ ।

स्रोतका अनुसार सोही बैठकमा केही बैंकहरूलाई मर्जर गर्ने विषयमा पनि छलफल भएको हो । हिमालयन बैंकमा तुलसीप्रसाद गौत्तमको अध्यक्षतामा फैसल ललानी, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ, राधाकृष्ण पोटे, हिमालय शमसेर जवरा र विपिन हाडासहितको नौ सदस्यीय सञ्चालक समिति रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x