Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजिल्ला प्रशासन कार्यालय रूपन्देहीमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर


काठमाडौं  ।
प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकास्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । रूपन्देही जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टरबाट बुधबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारीरूपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलय रूपन्देहीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभुको एक्स्टेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभुुको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी दुुई सय १० वटा शाखा कार्यालय, एक सय ९४ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया