Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको चौबीसै घण्टा, सातै दिन प्रदान गरिने एनएमबी सापटी योजना

एनएमबी बैंकको चौबीसै घण्टा, सातै दिन प्रदान गरिने एनएमबी सापटी योजना


काठमाडौँ ।
एनएमबी बैंकले २४सै घण्टा र सातै दिन प्रदान गरिने एनएमबी सापटी योजना सुरु गरेको छ । बैंकका अनुसार एनएमबी सापटी, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरू गरेको छ, जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटलरुपमै गर्न सकिनेछ । यो नेपालमै पहिलो पटक’ २४सै घण्टा र सातै दिन पूर्ण स्वचालितरूपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाइकनै मोबाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ, बैंकले भनेको छ ।

एनएमबी सापटी ग्राहकहरू को व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितोबिनाको व्यक्तिगत कर्जा हो । एनएमबीमा तलब खाता भएका तलबी कर्मचारीहरूलाई एक लाख रुपैयाँसम्म २४सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइनेछ । ग्राहकहरूले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्नेछन् ।

एनएबी सापटी डिजिटल बैंकिङमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरू सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिवृद्धि गर्दछ । शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पु-याउँदछ ।

एनएमबी सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्करहित माध्यमको रूपमा प्रस्तुत गर्दछ । एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्नो धारणा प्रस्तुत गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया