Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १६ सय ४३ अंकमा

बजार परिसूचक १६ सय ४३ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार पाँच दशमलव चार अंंकले उकालो लागेर १६ सय ४३ दशमलव तीन अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर तीन सय २६ दशमलव ६० अंकमा चढेको छ ।

यसदिन कुुल एक सय ९८ वटा कम्पनीहरूको २९ हजार छ सय छ पटक सेयर किनबेच भएको छ । सोही आधारमा ७७ लाख ५७ हजार तीन सय ५३ कित्ता सेयर खरिदबिक्री कुल कारोबार रकम दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार पाँच सय ७२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव १७ अंंकले ओरालो लागेर १३ सय १२ दशमलव ५८ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि १६ दशमलव २१ अंकले ओरालो लागेर दुई हजार एक सय १२ दशमलव ४० अंकमा झरेको छ ।

यीबाहेक बाँकी समूहको सूचक भने उकालो लागेका छन् । यसदिन जलविद्युुत् समूहको सूचक सात दशमलव १४ अंकले उकालो लागेर १४ सय १६ दशमलव ९२ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि पाँच दशमलव चार अंकले उकालो लागेर आठ सय ६७ दशमलव ६० अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ७६ दशमलव ८६ अंकले उकालो लागेर आठ हजार दुई सय ९५ दशमलव ३६ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि १४ अंकले उकालो लागेर नौ हजार सात सय १६ दशमलव ४५ अंकमा चढेको छ ।

यसदिन ट्रेडिङ, होटल, उत्पादनमूलक, अन्य, लघुवित्त, र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ५५ दशमलव ९२, एक दशमलव ९६, पाँच दशमलव ९५, १४ दशमलव आठ, छ दशमलव ८३ र शून्य दशमलव २७ अंकले उकालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेर २३ सय ४१ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९२ प्रतिशतले बढेर नौ सय ६२ रुपैयाँमा कारोबार भएको छ ।

यीबाहेक पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सेयर मूल्य भने दुई दशमलव ५५ प्रतिशतले घटेर दुई सय २९ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि दुई दशमलव ५२ प्रतिशतले घटेर एक सय १६ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल टेलिकमको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सात सय ५१ रुपैयाँ अन्तिम मूल्यमा १० करोड तीन लाख २१ हजार पाँच सय ३२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता छ सय १९ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ३४ लाख ४८ हजार नौ सय ६७ रुपैयाँको कारोबार भएको छ । यीबाहेक प्राइम कमर्सियल बैंक, प्रभु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया