Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु लाइफ इन्स्योरेन्सद्वारा ६० करोड रुपैयाँको साधारण सेयरको लागि आवेदन

प्रभुु लाइफ इन्स्योरेन्सद्वारा ६० करोड रुपैयाँको साधारण सेयरको लागि आवेदन


काठमाडौं ।
प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयर जारी गरेपश्चात् भने चुक्ता पुँजी दुुई अर्ब रुपैयाँ पुुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार करोड ४४ लाख ९६ हजार चार सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड ८१ लाख १४ हजार चार सय २० रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया