Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १६ सय ३६ अंकमा

सेयर बजार परिसूचक १६ सय ३६ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ३९ अंकले ओरालो लागेको सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार परिसूचक चार दशमलव ४७ अंकले ओरालो लागेर १६ सय ३६ दशमलव १७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले ओरालो लागेर तीन सय २४ दशमलव ३६ अंकमा झरेकोछ । यसदिन कुुल दुई सयवटा कम्पनीहरूको सेयर कारोबार भएको छ । जसबाट ३५ हजार तीन सय ३५ पटकको कारोबारमा ९१ लाख २३ हजार आठ सय ९६ कित्ता सेयर खरिदबिक्री हुदा कुल कारोबार रकम दुई अर्ब ८४ करोड २४ लाख ६९ हजार एक सय ७७ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये चारवटा समूहको सूचक उकालो लागेका छन् भने आठवटा समूहको सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक सात दशमलव नौ अंकले ओरालो लागेर १३ सय एक दशमलव ६४ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि १६ दशमलव १८ अंकले ओरालो लागेर आठ हजार एक सय ९० दशमलव ४९ अंकमा झरेको छ ।

ट्रेडिङ समूहको सूचक पनि १९ दशमलव तीन अंकले ओरालो लागेर १२ सय २६ दशमलव ४४ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि १३ दशमलव ३४ अंकले ओरालो लागेर २६ सय ५५ दशमलव ४१ अंकमा झरेको छ । यीबाहेक फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव दुई, चार दशमलव २१, शून्य दशमलव ६७ र शून्य दशमलव शून्य दुई अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन पाँच दशमलव पाँच अंकले उकालो लागेर २१ सय छ दशमलव तीन अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक दशमलवज ३५ अंकले उकालो लागेर नौ हजार सात सय पाँच दशमलव १३ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक पनि यसदिन १३ दशमलव ९३ अंकले उकालो लागेर १४ सय ३२ दशमलव ४२ अंकमा चढेकोमा होटल समूहको सूचक पनि चार दशमलव ८६ अंकले उकालो लागेर १७ सय ५७ दशमलव ३५ अंकमा चढेको छ । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले बढेर तीन सय ७६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रैराङ हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ९१ प्रतिशतले बढेर दुुई सय ४४ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक सिन्धु विकास बैंक, अपी पावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य आठ दशमलव ५० प्रतिशतले घटेर २३ सय ५६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सात दशमलव ८८ प्रतिशतले घटेर एक सय ५२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एभरेष्ट बैंक, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको प्राइम कमर्सियल बैंकको प्रतिकित्ता तीन सय ५१ रुपैयाँ अन्तिम मूल्यमा २० करोड ८४ लाख ६० हजार आठ सय ५९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता दुई सय ८७ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ५४ लाख ९१ हजार छ सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एभरेष्ट बैंक, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया