Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड इदी मर्दीले आठ करोड ७३ लाख रुपैयाँको साधारण सेयर जारी गर्ने

युनाइटेड इदी मर्दीले आठ करोड ७३ लाख रुपैयाँको साधारण सेयर जारी गर्ने


काठमाडौं ।
युुनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले आठ करोड ७३ लाख १९ हजार रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही कात्तिक २७ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी आठ लाख ७३ हजार एक सय ९० कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि छ करोड ३० लाख रुपैयाँबराबरको छ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेकोमा कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताको जारी गरेको कुल चार लाख २० हजार कित्ता सेयरमध्ये दुुई लाख ४३ हजार नौ सय १० कित्ता सेयर बिक्री भएको थिएन ।

सोही आधारमा कम्पनीले यसपटक बिक्री नभएको उक्त सेयर समेत जोडेर आठ करोड ७३ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । हाल अधिकृत पुँजी ६० करोड एवं जारी पुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही मंसिर तीन गते र ढिलोमा मंसिर ११ गते बन्द हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया