Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफ इन्स्योरेन्सद्वारा सेयर मूल्य समायोजन

गुराँस लाइफ इन्स्योरेन्सद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले बिहीबार पाँच दशमलव २५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ७६ रुपैयाँ ७२ पैसा तोकेको हो । पछिल्लो पटक छ सय सात रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने ११ अर्ब ९९ करोड १७ लाख ९८ हजार पाँच सय २२ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ९७ करोड ५५ लाख ८४ हजार छ छ सय रुपैयाँबराबरको एक करोड ९७ लाख ५५ हजार आठ सय ४६ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया