Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोभिड १९ को महामारीको बीचमा पनि प्राइमको नाफामा सुधार

कोभिड १९ को महामारीको बीचमा पनि प्राइमको नाफामा सुधार


काठमाडौं ।
विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसको महामारीको समयमा पनि प्राइम कमर्सियल बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नै एक अर्ब एक करोड ७६ लाख ३४ हजार नौ सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ९७ लाख ६७ हजार आठ सय १६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार चार सय चार रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४८ हजार छ सय ५४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार एक सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५५ करोड आठ लाख ३६ हजार छ सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३७ प्रतिशत रहेको छ । वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार पाँच सय ५१ रुपैयाँ रहेको बैंकको स्प्रेड दर चार दशमलव ४० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार छ सय २३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४५ करोड ४२ लाख ९५ हजार पाँच सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब छ करोड पाँच लाख पाँच हजार एक सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव १८ प्रतिसत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया