Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकका दुुई नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकका दुुई नयाँ शाखारहित बैंकिङ सेवा


काठमाडौं ।
ग्लोबल आईएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप दुुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुुई सय ३१ पुगेको छ ।

बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा ङंदिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा धर्मेन्द्रकुमार महतोलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुुई सय ६१ शाखा सञ्जालसहित दुुई सय ३७ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ३१ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया