Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकको पहिलो त्रैमासिक नाफा ११ करोड १७ लाख

लुम्बिनी विकास बैंकको पहिलो त्रैमासिक नाफा ११ करोड १७ लाख


काठमाडौँ ।
लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड १७ लाख १९ हजार चार सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा नौ करोड ६७ लाख ६० हजार दुई सय ७६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब ७१ करोड ६३ लाख ११ हजार सात सय २९ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा ३२ अर्ब ४४ करोड ७५ लाख ५१ हजार छ सय १६ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख ८६ हजार दुई सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ९५ लाख ३५ हजार छ सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा वितरणयोग्य नाफा दुई करोड ११ लाख ५१ हजार पाँच सय ६५ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने पाँच दशमलव १४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकले २८ अर्ब पाँच करोड ८८ लाख १९ हजार सात सय २३ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड ९८ लाख ३४ हजार सात सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ६९ लाख ४२ हजार पाँच सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव २८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया