Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १६ सय ३६ बिन्दुमा

बजार परिसूचक १६ सय ३६ बिन्दुमा


काठमाडौँ ।
यस साता सेयर बजार परिसूचक १६ सय ३६ दशमलव १७ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय २४ दशमलव ३६ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ९९ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १६ लाख १० हजार ७० पटकको कारोबारमा चार करोड ७६ हजार आठ सय २१ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम १२ अर्ब २२ करोड २७ लाख ८७ हजार तीन सय ४९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो ।

गत साता भने धितोपत्र बजारमा एक सय ९१ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार ८४ हजार पाँच सय २७ पटकको कारोबारमा एक करोड ९९ लाख ५७ हजार छ सय ९२ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम पाँच अर्ब ७६ करोड ३६ लाख ८८ हजार नौ सय १४ रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौ दिन नेप्से घटेको थियो भने तेस्रो दिन बढेको थियो । पहिलो दिन पनि बजार परिसूचक चार दशमलव ७२ अंकले ओरालो लागेर १६ सय ४० दशमलव ९५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४१ अंकले ओरालो लागेर तीन सय २६ दशमलव ६३ अंकमा झरेको थियो ।

दोस्रो दिन पनि बजार परिसूचक तीन दशमलव ३३ अंकले ओरालो लागेर १६ सय ३७ दशमलव ६३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १७ अंकले ओरालो लागेर तीन सय २५ दशमलव ४६ अंकमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक पाँच दशमलव चार अंकले उकालो लागेर १६ सय ४३ दशमलव तीन अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर तीन सय २६ दशमलव ६० अंकमा चढेको थियो ।

चौथो दिन भने बजार परिसूचक दुुई दशमलव ३९ अंकले ओरालो लागेर १६ सय ४० दशमलव ६४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ११ अंकले ओरालो लागेर तीन सय २६ दशमलव ४९ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक चार दशमलव ४७ अंकले ओरालो लागेर १६ सय ३६ दशमलव १७ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले ओरालो लागेर तीन सय २४ दशमलव ३६ अंकमा झरेको थियो ।

यस साता प्राइम कमर्सियल बैंक, अपी पावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् भने शिवश्री हाइड्रोपावर कम्पनी, प्राइम कमर्सियल बैंक, अपी पावर लिमिटेडलगायतका कम्पनीहरू सेयर कारोबार भएको संख्याको आधारमा पनि अगाडि देखिएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सानिमा जनरल इस्योरेन्स कम्पनीको बोनस, साधारण एवं हकप्रद सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया