Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रामीण लघुवित्तको दोस्रो त्रैमासिक नाफा १७ करोड ८४ लाख

ग्रामीण लघुवित्तको दोस्रो त्रैमासिक नाफा १७ करोड ८४ लाख


काठमाडौं  ।
ग्रामीण लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १७ करोड ८४ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ११ करोड १८ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब ७५ करोड ४६ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब १८ करोड ९७ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५५ करोड ८३ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ४९ करोड ६३ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ३३ करोड १० लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५३ करोड ८१ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ८९ लाख ९३ हजार रुपैयाँ रहेको थियो निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया