Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुली लघुवित्तको दोस्रो त्रैमासिक नाफा तीन करोड ७२ लाख

महुली लघुवित्तको दोस्रो त्रैमासिक नाफा तीन करोड ७२ लाख


काठमाडौं  ।
महुली लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड तीन लाख पाँच हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २० करोड ५८ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७५ करोड २७ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ६४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६३ लाख ५५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन प्रतिशत रहेको छ । यस अवधिमा संस्थाको स्प्रेड दर भने सात दशमलव ४५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ९९ करोड ५३ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३२ करोड ३० लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ९७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ९० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८१ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थामा सात दशमलव ४४ प्रतिशत स्प्रेड दर रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया