Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक सिन्धुली शाखाको औपचारिक उद्घाटन

ग्लोबल आईएमई बैंक सिन्धुली शाखाको औपचारिक उद्घाटन


काठमाडौं  ।
ग्लोबल आईएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै संयोजक तिवारीले देशकै ठूलो बैंक ग्लोबल आईएमई बैंकले साना किसान तथा व्यवसायीहरूका लागि उत्थानका कार्यक्रमहरू ल्याउनुपर्ने बताए । उनले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरूसँग समन्वय गरेर कामगर्न समेत सुझाव दिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आईएमई बैंक मुलुककै उत्कृष्ट बैंककोरूपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए । उनले लगानी र मुनाफा दुवै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताए । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष बैदारले ग्लोबल आईएमई बैंकले व्यवसायीमैत्री सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।

बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरूलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए । उनले बैंकले अबकादिनमाथप सबल र सक्षमबन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने बताए । उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट सात थान कम्प्युटरसमेत हस्तान्तरण गरेका थिए । साथै उनले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्यूआर कोड स्ट्यान्ड हस्तान्तरण गरेका थिए ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको दुई सय ६७ शाखा सञ्जालसहित दुई सय ४० एटीएम, ४७एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ४५ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया