Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच सम्झौता

ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच सम्झौता


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि सम्झौता भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक वीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरूलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजीकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ७३ शाखा, दुई सय ४८ एटीएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंक भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x