Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकहरूलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशत छुट


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिका तर्फबाट प्रबन्ध निर्देशक हरीकुमार तामाङले हस्ताक्षर गरेका हुुन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ इन्टरनेट बैंकिङ प्रयोग गरेबापत फिजियोथेरापी सेवाको भुक्तानी शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरूमा पनि ग्राहकहरूले छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तो छुुट मनकामना अस्पताल, टुम्लिङटार, चितवन फिजियोथेरापी र रिह्याबिलीटेसन सेन्टर, चितवन, पार्कल्यान्ड अस्पताल, पोखरा नवजीवन फिजियोथेरापी र रिह्याबिलीटेसन सेन्टर बुटवल, न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेसन सेन्टर, धनगढी पनि पाउन सकिने बैंकले जनाएको छ ।

यो सूचविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथाप्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सूचविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x