Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाको दोस्रो त्रैमासिक विवरण सार्वजनिक, परिसूचकहरू उत्साहजनक

एनआईसी एसियाको दोस्रो त्रैमासिक विवरण सार्वजनिक, परिसूचकहरू उत्साहजनक


काठमाडौं । एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले जनाएको छ । बैंकले आव २०७८–०७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँले वृद्धि गरी कुल कर्जा रकम दुई खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ पु¥याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा आठ प्रतिशत अर्थात् २२ अर्ब चार करोड रुपैयाँले वृद्धि गरी कुल निक्षेप संकलन दुई खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पु¥याउन बैंक सफल भएको छ । बैंकले चालू आवको दोस्रो त्रैमासम्ममा खुद मुनाफातर्फ दुई अर्ब ४० करोड रुपैैयाँ आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६ दशमलव ५७ प्रतिशतको बढी हो, बैंकले भनेको छ । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१ दशमलव ७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

साथै, बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई दोस्रो त्रैमाससम्ममा शून्य दशमलव ४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आर्थिक वर्ष २०७८–०७९ को दोस्रो त्रैमाससम्ममा पाँच लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आव २०७८–०७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रतिसेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।

बैंकले मुलुकभर रहेका तीन सय ५८ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको दाबी गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेरसमूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौँ ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दैै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्र्रतिशाखा कार्यालयहरू स्थापना गरेको जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x