Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा

बजार परिसूचक दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा

सातामा ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४३ दशमलव ७४ विन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार चार लाख ७३ हजार सात सय ७० पटकको कारोबारमा सात करोड ६५ लाख ६० हजार छ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार पाँच सय ७९ रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रूपैयाँ बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय ३९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार चार लाख चार हजार पाँच सय ६९ पटकको कारोबारमा छ करोड ९२ लाख ९८ हजार पाँच सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार एक सय ३३ रूपैयाँ पुुगेको थियो । यस सातन नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये तेस्रो र चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा लगातार बजार परिसूचक उकालो लागेको थियो । जसअनुसार पहिलो दिन पनि बजार परिसूचक ६९ अंकले उकालो लागेर दुई हजार नौ सय २६ दशमलव ७४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ८१ अंंकले उकालो लागेर पाँच सय ४२ दशमलव ६३ विन्दुमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक २० दशमलव ६९ अंकले उकालो लागेर दुई हजार नौ सय ४७ दशमलव ४३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव सात अंंकले उकालो लागेर पाँच सय ४६ दशमलव ३३ विन्दुमा चढेको थियो ।

तेस्र्रो दिन भने बजार परिसूचक १० दशमलव ७८ अंकले ओरालो लागेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव १० अंंकले उकालो लागेर पाँच सय ४७ दशमलव ४६ विन्दुमा चढेको थियो । चौथो दिन भने बजार परिसूचक ३८ दशमलव ३५ अंकले ओरालो लागेर दुई हजार आठ सय ९८ दशमलव ३१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंंकले ओरालो लागेर पाँच सय ३९ दशमलव ६५ विन्दुमा झरेको थियो । पाँचौँ दिन भने बजार परिसूचक ३३ दशमलव तीन अंकले उकालो लागेर दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौ अंंकले उकालो लागेर पाँच सय ४३ दशमलव ७४ विन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x