Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्यूूआर टेलर लागू

राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्यूूआर टेलर लागू


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सर्वसुलभरूपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट सेवाको शुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गरेका हुन् ।

बैंकले मोबाइल बैंकिङ सुविधा लिइएका ग्राहकहरूले आफ्नो मोबाइलबाट बैंक काउन्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्नेगरी सबै शाखा कार्यालयहरूको काउन्टरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । अब सीमित कारोबरको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन । बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको कार्य गर्नसक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x