Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार२२ सय ७५ बिन्दुमा झर्यो सेयर बजार

२२ सय ७५ बिन्दुमा झर्यो सेयर बजार


काठमाडौं। सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक ३१ दशमलव ७६ अंकले ओरालो लागेर २२ सय ७५ दशमलव ६८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौैं अंकले ओरालो लागेर चार सय ३६ दशमलव ८८ बिन्दुमा झरेको छ । खनव १३ वटा उपसमुहरु अन्र्तगत दुई सय ३३ वटा कम्पनीह्रुको सेयर खरिद बिक्री भएका छन् ।

जसअन्र्तगत २७ हजार पाँच सय ६६ पटकको कारोबारमा ३६ लाख दुई हजार आठ सय ४८ कित्ता सेयर किनबेच भएको छ । सो अनुरुप आज कुल कारोबार रकम एक अर्ब २६ करोड ९२ लाख १९ हजार चार सय २१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x