Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तले कमायो चार करोड १० लाख

इन्फिनिटी लघुवित्तले कमायो चार करोड १० लाख


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड १० लाख ९९ हजार दुई सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड २६ लाख ७१ हजार आठ सय ८२ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार दुई सय ८५ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ४७ करोड ११ लाख ८१ हजार सात सय ९१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब नौं करोड ७२ लाख ८९ हजार छ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड २७ लाख ५१ हजार तीन सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर दुई दशमलव ६१ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४२ करोड नौं लाख ४० हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८४ करोड ६६ लाख ८९ हजार पाँच सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४८ लाख ३३ हजार ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6, #Page 6

तपाईको प्रतिक्रिया