Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वाभिमान लघुवित्तको नाफा २९ लाख ४३ हजार

स्वाभिमान लघुवित्तको नाफा २९ लाख ४३ हजार


काठमाडौं  । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २९ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड १९ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ७१ करोड ३४ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब आठ करोड ६३ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड २४ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका संस्थाको प्रोभिजन रकम २० लाख २२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव चार प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ५९ करोड ४४ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८९ करोड ९९ हजार एक सय २८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ५३ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८९ लाख २२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया