चीनमा बेल्ट एन्ड रोड सीईओ सम्मेलन
बेइजिङ । चीनमा आयोजित बेल्ट एन्ड रोड सीईओ कन्फ्रेन्स केही व्यापारिक साझेदारी गर्ने सहमतिसहित सम्पन्न भएको छ । सम्मेलनले विश्वव्यापी व्यापार सम्बन्ध र सहयोग बढाउने घोषणा गरेको छ ।
सम्मेलनमा करिब तीन सय चिनियाँ र अन्तर्राष्ट्रिय साझेदारहरु संलग्न रहेको ठूलो संख्यामा सहयोग परियोजनाहरुमा हस्ताक्षर भएको छ । जसमा पूर्वाधार, स्वच्छ इनर्जी, आर्टिफिसियल इन्टेलिजेन्स, बायोफार्मास्युटिकल्स, वित्तीय सेवा, आधुनिक कृषि र रेल यातायातलगायतका क्षेत्रहरु समेटिएका छन् ।
सन् २०१९ मा आयोजना भएको सम्मेलनको तुलनामा यस पटकक धेरै देश र व्यक्तिको संलग्नता भएको र समझौताहरु पनि धेरै नै भएको आयोजकमध्येको एक चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्का उपाध्यक्ष यु जिजयानलोङले बताएका छन् ।
सीईओ सम्मेलन बीआरआईको १०औँ वार्षिकोत्सवको अवसरमा चलिरहेको तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनको समयमा आयोजना गरिएको थियो । सम्मेलनमा ८० भन्दा बढी देश र क्षेत्रका एक हजार दुई सयभन्दा बढी सहभागीहरुले भाग लिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया