Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदमेरिना इम्पेक्सको खेलाडीलाई सहयोग

मेरिना इम्पेक्सको खेलाडीलाई सहयोग


काठमाडौं । बागबजारमा रहेको मेरिना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र व्यवस्थापकीय अधिकारीहरूलाई २० जोर सुट दिएको छ । मेरिना इम्पेक्स र नेपाल क्रिकेट संघ (क्यान)बीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकप क्रिकेटका जाने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमलाई मेरिना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुन बस्नेत र रामप्रसाद अर्यालले शुक्रबार सम्मानसहित बिदाइ गरेका थिए । क्यानले आयोजना गरेको बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले खेलाडीहरूको हौसला बढाउन सहयोग गरेकोमा मेरिना इम्पेक्सलाई धन्यवाद दिएका थिए । नेपाली क्रिकेट खेलाडीहरूको हौसला बढाउन सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको मेरिना इम्पेक्सले जनाएको छ । यसअघि पनि टी–२० वल्र्डकपमा मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया