Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकत्ताले जित्यो (आइपिएल) उपाधि

सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकत्ताले जित्यो (आइपिएल) उपाधि


काठमाडौं,इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै यो बर्षको (आइपीएल) उपाधि हात पारको छ । हैदरवादले दिएको ११३ रनको झिनो लक्ष्य कोलकाताले २ विकेट गुमाएर ५७ बल आगाडि नै सजिलै पुरा गर्न सफर भयो । हैदरवादलाई कम स्कोरमा रोक्न कालकाताका बलरले धारिलो बलिङ गरे । सर्बाधिक रकममा कलकातामा भित्रिएका अष्टे«लियन सुपर स्टार बलर मिचेल स्टार्कले ३ ओभरमा १४ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए ।

आन्द्रे रसेल ३, हर्षित राणा २,सुनिल नारायण,वैभव अरोह र वरुण चक्रवर्तीले समान १ विकेट लिए । हैदरवादका लागि कप्तान प्याट कमिन्स २४,एडेन मार्कराम२०,हेनरिक क्लासेन १६,नितिश कुमार रेड्डी १३ , राहुल त्रिपाठी ९ रन काहेक अरु कुनै पनि ब्याटरले राम्रो रन जोडन सकेनन् ।

कोलकाताका लागि रहमानउल्लाह गुरबाज ३९, वेंकटेश अय्यर ५२ नटआउट र कप्तान श्रेयस अय्यरले नटआउट ६ रनमा रहँदै टिमलाई जित दिलाए । हैदरबादका बलर कप्तान प्याट कमिन्सले १ विकेट र शाहबाज अहमदले १ विकेट लिए । कोलकाता नाइट राइडर्सले यो सँगै तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x