Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारन्युयोर्कमा भव्यरुपमा इन्द्रजात्रा मनाइयो

न्युयोर्कमा भव्यरुपमा इन्द्रजात्रा मनाइयो


न्युयोर्क । अमेरिकाको न्युयोर्कमा यसपाली पनि नेवाः गुठी न्युयोर्कले ज्याक्सन हाइटमा भव्यरुपमा इन्द्रजात्रा कार्यक्रम मनाएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्दशीका दिन काठमाडौँका नेवारहरुले एक सातासम्म भव्यरुपमा इन्द्रजात्रा मनाउने गर्छन् । ललितपुर, भक्तपुर, बनेपा, धुुुलिखेललगायत नेवार वस्ती भएका ठाउँमा एक दिन यो जात्रा मनाउने गरिन्छ । त्यस्तै नेवाः गुठी न्युयोर्कले पनि आफ्ना कलाा संस्कृति र पर्वहरु मनाउँदै आएको छ ।

नेवाः गुठी न्युयोर्कले मनाएको उक्त कार्यक्रममा कुमारीको रथयात्रा, इन्द्रको वाहनको रुपमा रहेको पुलु किसी( सेतो हात्ती), लाखे नृत्यलगायत धिमय बाजा र नृत्य प्रस्तुत गरिएको थियो ।

न्युयोर्कस्थित बसन्त डान्स सेन्टरका ११ जना कलाकारले नेपालका विभिन्न गीत नृत्य, राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्य बसन्त डान्स सेन्टरको निर्देशक विजय नकर्मीले गरेका थिए ।

आकर्षक लाखे नृत्य प्रेमगोपाल महर्जनले, झ्याँलिचा नृत्य सञ्जय रञ्जितले प्रस्तुत गरेका थिए । नेवारी गीत बरिष्ठ कलाकार कविना सिंहले, वरिष्ठ आर्टिस्ट हृदय तुलाधरले आर्ट गर्नुभएको पुलु किसी एहस तुलाधर र हृदेश तुलाधरले प्रस्तुत गरेका थिए ।

आगन्तुकहरुलाई रातो अक्षताको टीका लगाई स्वागत गरिएको उक्त कार्यक्रमको अन्त्यमा प्रसादको रुपमा समयवजी वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले सम्पूर्ण सहयोगी लगायत सम्पूर्ण उपस्थित दर्शकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया