वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित
काठमाडौँ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता अन्तरक्रिया कार्यक्रम’मा प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ ।
प्रेस काउन्सिल नेपालले सिर्जनात्मक सन्देश दिने कार्टुन विधालाई स्थान दिँदै यस विधालाई थप उजागर गर्न आवश्यक रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणमणि हार्तम्छालीले बताए । उनले भने, “काउन्सिलले सिर्जनात्मक कार्टुनिस्टलाई जीवित बनाउन जरुरी छ ।”
राजनीतिक व्यक्तिले कार्टुनको मर्म बुझिदिन जरुरी रहेको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताए । उनले भने, “कार्टुनिस्टले बनाएको कार्टुनको व्यङ्ग्यलाई राजनीतिज्ञलाई अन्यथा नलिन र रचनात्मकरुपमा मात्रै लिन अनुरोध छ ।”
कार्टुनिस्ट जहिले पनि राज्यको प्रतिपक्ष भूमिकामा रहने हुँदा कतिपय अवस्थामा दुःख पाउने गरेको कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले बताए । उनले भने, “सरकारबाटै कार्टुनिस्ट सधैँभरी त्रासमा रहेर काम गर्नुपर्ने अवस्थालाई काउन्सिलले सुरक्षा प्रदान गर्नुपर्छ । कार्टुनले राज्यको विकृति÷विसङ्गतीलाई उजागर गर्दछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।”
कार्टुन र पत्रकारिता गाँसिएको विषय भए पनि काउन्सिलले कार्टुन विधालाई स्थान नदिएको भनि कार्टुनिस्ट अविन श्रेष्ठले दुखेसो व्यक्त गरे । उनले भने, “कार्टुनिस्ट पेसा लोपन्मुख हुन थालिसक्यो यसको अस्तित्व कायम राख्न काउन्सिलले भूमिका खेल्नुपर्छ । नवप्रवेशी कार्टुनिस्टलाई प्रोत्साहन गर्न त्रासको वातावरण अन्त्य हुनुपर्छ ।”
बाह्रखरी डट कम अनलाइनका कार्टुनिस्ट राजेश केसीले कार्टुनिस्टहरुले आफ्नो परिचय नपाएको बताए । उनले भने, “प्रेस प्रतिनिधि पास कार्टुनिस्ट भनेर पाइदैन । कार्टुन विधालाई परिचय दिनुपर्छ । काउन्सिलले स्पष्टिकरणका लागि पत्र काट्दा विज्ञसँग छलफल गरेर मात्रै पत्र काट्नुपर्छ नभए काउन्सिलकै विज्ञतामाथि प्रश्न उठ्न सक्छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया