संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसरमा शान्ति पदयात्रा
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) को अवसरमा नेपाली सेनाले पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी थिए । सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेलमैदानमा पुगेर समापन भएको थियो ।
राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ मा भएका दिन यसपटक नेपालमा बडादसैँ पर्व परेकाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा आजै ‘युएन डे’ विशेष कार्यक्रमको आयोजना हुँदैछ ।
विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो ठूलो वरियता भएको राष्ट्र हो ।
हाल विश्वका १३ मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल, नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया