Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल


काठमाडौँ । आइतबार ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थल अपाङ्गतामैत्री बनाइनुपर्नेमा जोड दिएको हो ।

उनले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले यसको अन्त्य गर्नुपर्ने बताए । नेपालले समाजमा विधमान सबै प्रकारका भेद्भावको अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने उल्लेख गरे

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ६ लाख ४७ हजार सात सय ४४ छ । सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया