Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारउप महानगरधनगढी उपमहानगरको निर्देशनमा भत्काइयो अवैध संरचना

धनगढी उपमहानगरको निर्देशनमा भत्काइयो अवैध संरचना


धनगढी । धनगढी उपमहानगरपालिकाले नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई भत्काएको छ । प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा धनगढीको पार्कमोड क्षेत्रमा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले अवैध संरचनालाई डोजर र नगर प्रहरीले भत्काएको जानकारी दिए । धनगढी उपमहानगरपालिकाले जग्गाधनीद्वय अग्रवाल र बस्नेतले नक्सा पास गरेको भन्दा बढी संरचना निर्माण गरेको पाइएपछि त्यस्ता संरचनालाई अवैध ठहर गरेको थियो ।


क्याटेगोरी : पालिका समाचार, उप महानगर, समाचार

तपाईको प्रतिक्रिया