Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्तमान सरकार आर्थिक संकट समाधान गर्न दत्तचित्त भएर लाग्नुपर्छ : अध्यक्ष ओली

वर्तमान सरकार आर्थिक संकट समाधान गर्न दत्तचित्त भएर लाग्नुपर्छ : अध्यक्ष ओली


बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौं दिन विहीबार बागलुङ बजारमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक संकट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

राष्ट्रिय हितका पक्षमा बोल्न नसक्ने सरकारबाट जनताले धेरै आशा गर्न नसक्ने बताउँदै उनले सररकारले राष्ट्रहितको पक्षमा पनि काम गर्न नसकेको चर्चा गरे । आर्थिक संकटका कारण प्रथम चौमासिकमै सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न नसकेको उनले बताए । ओलीले आर्थिक संकटका कारण देशमा विकास निर्माण ठप्प भएकाले अर्थतन्त्र सुधार्ने योजना ल्याउन सरकारलाई सुझाव दिए ।

अध्यक्ष ओलीले भने, ‘‘अहिलेको सरकार आर्थिक रुपले चरम असफलतामा गयो । अर्थतन्त्र संकटमा परेको छ । कर्मचारीलाई तलब भुक्तानी गर्न राष्ट्र ऋण उठाउनु परेको छ ।”

नेकपा (एमाले) ले देशको विकास र समृद्धिका लागि चालेका कदमबाट विपिक्षहरु तर्सिएर विरुद्धमा लागेको उनले टिप्पणी गरे । देशको विकास र समृद्धिका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया