Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगमा विद्युत् आपूर्ति बन्द नगर्न महासंघको माग

उद्योगमा विद्युत् आपूर्ति बन्द नगर्न महासंघको माग


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नतिरेको भन्दै ठूला उद्योगीहरूको बिजुली काट्न थालेकाले त्यसको प्रतिकुल प्रभाव निर्माण उद्योगमा पनि पर्ने महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गरी मुख्य औद्योगिक कोरिडोरहरूमा ठूला उद्योगहरू बन्द हुँदा हजारौँ मजदुर बेरोजगार हुँदा त्यसको असर निर्माण उद्योगमा पनि पर्ने उल्लेख गरेका छन् । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएका कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको अवस्थामा यसरी उद्योगहरू समेत बन्द हुँदा निर्माण उद्योग थप मारमा परेको विज्ञप्तिमा उल्लेख छ ।

उद्यमीहरू नियमानुसार उपभोग गरेको विद्युत्को बाँकी बक्यौता तिर्न तयार हुँदाहुँदै प्राधिकरणले हठात् लाइन काटेको भन्दै राज्य आफ्नो अभिभावकीय दायित्वबाट पछि हटेको हो कि भन्ने महसुस भएको महासंघले जनाएको छ । प्रधानमन्त्रीले नै उच्चस्तरीय समिति बनाएर समस्याको निकास दिने र महसुल निर्धारण आयोगको सुझावअनुसार महसुल असुल गरिने बताइरहँदा प्राधिकरणले धमाधम लाइन काटेर उद्योग बन्द गर्नु न्यायोचित नभएको महासंघको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया