Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबरहथवा नगरपालिकामा भोलि विहान ८ बजेसम्म कर्फ्यू जारी

बरहथवा नगरपालिकामा भोलि विहान ८ बजेसम्म कर्फ्यू जारी


मलङ्गवा (सर्लाही) । आइतबार दिउँसोदेखि सोमबार विहानसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा कर्फ्यू जारी गरेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आइतबार दिउँसो १२ः४५ देखि भोलि विहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू जारी गरिएको हो ।

कर्फ्यू जारी गरिएको क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ । गत शुक्रबार स्थानीयको प्रदर्शनमा एक जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया