Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो पटक नेपालमै हुलाक टिकट छापिने

पहिलो पटक नेपालमै हुलाक टिकट छापिने


काठमाडौँ । भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको नेपालका हुलाक टिकट पहिलो पटक नेपालमै छपाइ सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको हो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो ।

जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ । हुलाक सेवा विभागसँग जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ ।

हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ । निर्वाचनको समयमा पनि जनक शिक्षाले नै मतपत्र छाप्ने गरेको छ ।

यसअघि विदेशमा टिकट छपाइ गर्दा ठुलो परिमाणमा छापिने गरेको थियो । विभिन्न सरकारी कार्यालयमा निवेदन लेख्दा, पत्र पठाउँदा वा अन्य प्रकारको फाराम भरेर बुझाउँदा हुलाक टिकट अनिवार्य टाँस्नु पर्छ । आजकाल यस्ता काम अनलाइनबाट हुन थालेकाले हुलाक टिकको प्रयोग अत्यन्त कम हुन थालेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया